अक्षय कुमारले तीन मिनेटमा १८४ सेल्फी खिचेर राखे वर्ल्ड रेकर्ड

 बलिउड अभिनेता अक्षय कुमारले सबैभन्दा धेरै सेल्फी खिचेर गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरेका हुन्। उनले तीन मिनेटमा १८४ सेल्फी खिच्दै गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।


अक्षय बुधवार आउँदै गरेको उनको फिल्म ‘सेल्फी’ को मुम्बईमा आयोजित प्रमोसन कार्यक्रममा पुगेका थिए। जहाँ उनले आफ्ना फ्यानहरु फोटो खिच्दै यो रेकर्ड बनाउन सफल भएका हुन् ।


कार्यक्रमको भिडियो इन्स्टाग्राममा राख्दै अक्षयले आफ्ना फ्यानहरुलाई धन्यावाद दिएका छन् । ‘मैले जीवनमा जे पाए र म अहिले जुन ठाउँमा छु । त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । यो मेरो लागि खास छ र यो कुरा स्वीकार गर्दै उहाँहरूले मलाई साथ दिइरहनु भएको छ ।’ उनी अघि थप्दै लेखे, ‘मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड राखेका छौं । यो धेरै विशेष थियो। जुन म सधैभरि सम्झनेछु ।’


अक्षयको फिल्म ‘सेल्फी’ २४ फेब्रुअरीमा हलमा प्रदर्शन हुनेछ। राज मेहताले निर्देशित यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो। योसँगै उनले अमेरिकाका जेम्स स्मिथको रेकर्ड सेल्फी तोडेका छन्। सन् २०१८ मा उनले तीन मिनेटमा १६८ सेल्फी खिच्दै रेकर्ड बनाएका थिए।

समाचार