अर्थमन्त्री पौडेल भारत प्रस्थान

 जी-२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । नेपाल जी २० को सदस्य भने होइन । अहिले जी २० को अध्यक्ष भारत छ ।


भारतले जी २० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण उनी भारत गएको पौडेलको सचिवालयले जनाएको छ । सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ ।


दुई दिनसम्म चल्ने सम्मेलनका दौरान उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । उनी १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ ।

मुख्य समाचार राजनीति