एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा पनि सुरु

 नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान मकवानपुरमा सुरु भएको छ । आज मकवानपुरमा भएको एमालेको विस्तारित बैठकबाट अभियानको सुरुवात भएको हो ।

ग्रासरुट अभियानलाई सफल बनाउन विस्तारित बैठकले फागुन १५ गतेभित्र पालिका कमिटि तथा फागुन २० गतेभित्र जनसंगठनको बैठक सक्ने निर्णय गरेको एमाले मकवानपुरका जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार,  ग्रासरुट अभियानलाई सफल बनाउन सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुलाई जिम्मेवारी समेत दिईएको छ भने केन्द्र र प्रदेश कमिटिका जिम्मेवारी प्राप्त नेताहरुसँग समन्वय गरेर अभियानलाई थप सशक्त बनाउने निर्णय भएको छ ।

एमालेलाई अन्य शक्तिले समिकरण गर्दा समेत हराउन नसक्ने शक्ति बनाउनको लागि ग्रासरुट अभियानले सहयोग गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले ग्रासरुट अभियानलाई एमालेले उत्सवको रुपमा सम्पन्न गर्ने बताए ।

मुख्य समाचार राजनीति