जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

 जनता समाजवादी पार्टी,  नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी कार्यालयमा बेलुका ६ बजेका लागि बैठक बोलाइएको हो।

दलहरूले राष्ट्रपतिमा सहमतिनजिक पुगेको बताइरहेका बेला उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने जसपाको बताउँदै आएको छ।

पुरानै गठबन्धन ब्युताउने वा राष्ट्रपति र उपराष्ट्रपतिमा प्याकेजमै सहमति खोज्ने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा एमालेबाहेकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। यद्यपि,  एमालेसँग पनि बसेर सहमति खोजिने बताइएको छ। यही २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ भने भोलि १३ गतेका लागि उम्मेदवारी मनोनयन दर्ताको निर्वाचन तालिका छ।

राजनीति समाचार