सरकारलाई प्रदीप पौडेलको प्रश्न : उपत्यकामा पानीको अभाव अन्त्य गर्न योजना के छ?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि सरकारको जवाफ माग गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले पानीको भयावह अवस्था अन्त्य गर्न सरकारको योजना तत्काल संसदमा प्रस्तुत गर्न माग गरेका हुन्। 

‘राज्यको अभिभारा एक घर, एक धारा। उपत्यकामा ६५ प्रतिशत घरमा धारा छ, पानी आउँदैन। राज्यले पानी नआउने धारा बापत शुल्क लिइरहेको छ। टंयाकर र जमिनमुनिबाट आपूर्ति गरेर पानीको अवश्यकता पूर्ति गरिएको छ। मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेका कारण ५० प्रतिशत चुहावट छ। जबकी काठमाडौंलाई ४७ करोड लिटर आवश्यक पर्छ। काठमाडौं उपत्यकामा पानीको भयावह अवस्था अन्त्य गर्न सरकारको योजना के छ?तत्काल संसदमा प्रस्तुत गरियोस्,’ उनले भने।  

राजनीति समाचार