मकवानपुरको कैलाशबाट ठूलो मात्रामा लागु औषध र हतियार सहित ५ जना पक्राउ

हेटौंडा- मकवानपुरको कैलाशबाट चरेश, गाँजा, दुइ वटा बन्दुक सहित ५ जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका वडा नम्बर–६ दुम्सीखर्कबाट प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजा सहित ५ जना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय जित बहादुर मोक्तानको घरमा आगूऔषध रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मोक्तानको घर खान्तलासी गर्दा हतियार र लागूऔषध फेला पारेको हो ।

प्रहरी टोलीले उनको घरमा भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल एक थान, बन्दुकमा लाग्ने गोली छ राउण्ड, उनको घर नजिक रहेको गोठबाट लागूऔषध गाँजा १५ सय १५ किलो र चरेश जस्तो देखिने बस्तु १३ किलो,गाँजालाई च्याप्ने काठको फर्मा १ थान, तराजु १ थान लगायत गाँजालाई तयारी बनाउन प्रयोग गरिने अन्य सामानहरु फेला पारीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थप अनुसन्धानको लागी स्थानीय जित बहादुर मोक्तान सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

मुख्य समाचार समाचार समाज