प्रचण्डले बाम एकता र सहकार्य चाहेनन्ः एमाले नेता गुरुङ

हेटौंडा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मिसन ग्रासरूट अभियान हेटौंडा उपमहानगरपालिकाका केन्द्रीय प्रतिनिधि पार्वत गुरुङले सत्ता परिर्वतनको कोर्षबाट आठ दलीय गठबन्धनले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउने, असफल बनाउने र वर्वादीको तर्फ लैजाने बताएका छन् ।

No description available.

उनले नेकपा एमालेको हेटौंडा उपमहानगरपालिकाको बैठकलाई सम्बोधन गर्दै आठ दलीय गठबन्धन पश्चात् बामपन्थीहरूको सहकार्य र एकता प्रचण्डले नचाहेको प्रष्ट भएको बताउँदै मुलुकको बाम आन्दोलन बलियो बनाउन नेकपा एमाले बलियो हुनुको विकल्प नभएको बताए ।

उनले पार्टी केन्द्रबाट सञ्चालित मिसन ग्रासरूट अभियानले पार्टी सुदृढ र विस्तार हुने, सिंगो पार्टी पंक्ति संगठनको काम र जनसेवामा परिचालित हुनेमा जोड दिए । उपमहानगर कमिटीको सातौ पूर्ण बैठकले पार्टी केन्द्र, प्रदेश र जिल्ला कमिटीको निर्देशनसहित अभियान सफल पार्न वडा पार्टी कमिटी र जनसंगठनको नगर कमिटीको बैठक तत्काल बस्ने, वडा र टोलसम्म अभियान कार्यान्वयन गर्ने निर्णय गरेको उपमहानगरपालिका कमिटीका सचिव बोलबहादुर कार्कीले बताए ।

No description available.

कमिटीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता भएको बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला अध्यक्ष तथा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देलसहित प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरूको आथित्यता रहेको थियो ।-khabar break

राजनीति समाचार