एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ ।

आइतबार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

 बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।

मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव बिष्णु रिजालले जानकारी दिए ।

राजनीति समाचार