स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र समाजवादीले तालमेल गर्ने

 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ।

राजधानीमा सोमबार एक कार्यक्रम गरि उनीहरूले चुनावी तालमेलको घोषणा गरेका हुन्।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अखिल (क्रान्तिकारी) र नेपाल समाजवादी विद्यार्थी  युनियनबीच स्ववियु निर्वाचनमा चुनावी तालमेलको घोषणा गरेको जानकारी दिइन्। 

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ। यसका लागि विभिन्न विद्यार्थी संगठन र विद्यार्थी नेताहरू आन्तरिक तयारीमा व्यस्त रहेका छन्।

राजनीति