राक्सिराङ ८ बाट ३४५ किलो गाँजासहित २ जना पक्राउ

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-८ गोठडाडाँबाट ३ सय ४५ किलो ४ सय ग्राम लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

आइतबार दिउँसो विशेष सुचनाको आधारमा स्थानीय ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलानको घरमा खानतलासी गर्दा उक्त गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज