प्रधानमन्त्रीका निजी चिकित्सक सहित क्याबिनेट चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी चिकित्सक तथा क्याबिनेट चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन्।

डा. शर्मालाई गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक तथा क्याबिनेट चिकित्सकका रूपमा नियुक्त गरेको हो। प्रधानमन्त्री तथा क्याबिनेट चिकित्सकका रूपमा नियुक्ति भएको पत्र आफूले बुझिसकेको समेत डा. शर्माले बताए। 

डा .शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘इन्टरनल मेडिसिन’ विभागका प्राध्यापक हुन् भने हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन्।​

डा. शर्माले इन्टरनल मेडिसिन र ग्यास्ट्रोइन्टेरोलोजीमा एमडी गरेका छन्। डा. शर्मा यसअघि पनि प्रचण्डका निजी चिकित्सकका रूपमा रहेका थिए भने माओवादी नेता वर्षमान पुनको उपचारमा समेत संलग्न छन्। 
 

राजनीति समाचार