राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागू

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयाेगका अनुसार आजदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुन लागेकाे हाे। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।


राष्ट्रपति निर्वाचन २५ फागुनमा र उपराष्ट्रपति निर्वाचन ३ चैतमा हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । आयाेगका अनुसार दुवै जनाकाे उम्मेदवारी कायमै रहेकाे छ ।


राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने आयाेगले जनाएकाे छ । आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न समेत सबैलाई आग्रह गरेको छ ।


राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जनाले मतदान गर्नेछन्।

राजनीति