मकवानपुरगढीका निवर्तमान वडाध्यक्ष दहाल फूल खेतीमा रमाउँदै

✒️चन्द्रकान्त चौधरी
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का निवर्तमान वडाध्यक्ष टिकाप्रसाद दाहाल अहिले व्यवसायिक फूल खेती गरिरहेका छन् ।

मकवाापुरगढी गाउँपालिका वडा न.६ बाग्दलीमा ८ रोपनी क्षेत्रफलमा फूल खेती शुरुवात गर्नुभएकोमा यो दोश्रो लटको हो । अहिले २००० विरुवा गोदावरी र ४५०० विरुवा सयपत्री फूल फुल्ने अवस्थामा रहेको छ भने अरु सार्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

यसको मुख्य बजार हेटौडा र काठमाण्डौ रहेको जानकारी दिनुहुदै माग अनुसारको फूल पुर्याउन मसकेको समेत बताउनुभयो ।

समाचार समाज स्थानीय