होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले होलीका अवसरमा शुुभकामना व्यक्त गरेका छन् । रंगहरुको पर्व फागु (होली) यो वर्ष आज पहाडी तथा हिमाली एवम् भोलि भित्री मधेस र तराईका जिल्लाहरुमा मनाइँदैछ ।

होलीका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताए । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइँने यस्ता पर्वले नेपालीहरुबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश समाचार बागमती प्रदेश