जंगलमा लागेको आगो बस्तीमा पस्दा २ घर जले

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरेमा जंगलबाट लागेको आगो बस्तीमा पस्ता २ घर जलेका छन्। 

सोमबार साँझ पाँच बजे भएको आगलागीका कारण स्थानीय वसन्तकुमार चाम्लिङ राई र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको पाँचथर प्रहरीले ज नाएको छ। 

आगलागीमा घरसहित त्यहाँ भित्रका अन्नपात, लत्ताकपडा, नगद र सुन गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए। 

घर जलेपछि अग्नी पीडित परिवारका सदस्यलाई छिमेकीको घरमा राखिएको प्रहरीले जनाएको छ ।

समाज