यस्तो छ आजको मौसम

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले दिउँसो भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना छ। 

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । 

समाज