आफ्ना तीनै सन्तान राष्ट्रिय खेलाडी बनाउने दम्पतीलाई स्पेशल अवार्ड

: नेपाल खेलकुद पत्रकार मंचले वर्ष २०७८ को पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरेको छ।

उनीहरू ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशलदेवी तामाङका बुबाआमा हुन्। आफ्ना तीनै जना सन्तानलाई राष्ट्रिय खेलाडी बनाउन सफल दम्पतीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो। 

 तीन जना दिदीभाइले नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्न सफल भएका छन्।

नेपालमा आफ्ना छोराछोरीलाई खेलकुदमा लाग्न प्रेरित गर्ने कमै अभिभावक रहेको बेला भोजपुरको यो जोडीले आफ्ना सन्तानलाई निरन्तर प्रेरणा र हौसला दिने काम गरेको भन्दै मंचले सम्मान गरेको जनाएको छ। 

खेलकुद