सांसदलाई स्वविवेक प्रयोग गर्न भनेका हौं : रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई भोट हाल्न नभनेको स्पष्ट पारेको छ।

हिजो भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले सांसदलाई स्वविवेक प्रयोग गर्न भनेको जनाएको हो।  रास्वपा महामन्त्री प्रवक्ता मुकुल ढकालले सांसदलाई कुनै उम्मेदवारलाई भोट हाल्न दबाव निदएको र स्वविवेक प्रयोग गर्न भनेको बताएका हुन्। ​

राष्ट्रपतिमा रास्वपा बाचाविपरित गएको भन्ने आलोचना हुन थालेपछि रास्वपाले स्पष्टीकरण दिएको हो। ​

राष्ट्रपति चुनावको बारेमा स्पष्ट हुनु पर्ने कुराहरु

​१‍. हाम्रो वाचापत्रमा उल्लेख गरिएको गैरदलिय राष्ट्रपतिको अर्थ राष्ट्रिय स्वतन्त्र पार्टीको पनि नहुनु हो र पार्टीले त्यस्तो उम्मेदवार पार्टी बाहिरबाट खोज्नु पर्ने थियो। जुन अनुपातमा जनताले रास्वपालाई मत दिएका छन्, त्यो मतभारले त्यसरी प्रस्तावित व्यक्ति राष्ट्रपतिमा निर्वाचित नहुने निश्चित थियो। राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेदवार गैरदलिय हुन जरूरी त थियो नै, सोहि अनुरूप राष्ट्रिय स्थरको व्यक्तित्व पनि हुनु आवश्यक थियो।  

हार्ने निश्चित भएको चुनावमा त्यस्तो गैर दलिय राष्ट्रिय व्यक्तित्व पार्टीले नपाएको कुरा सत्य हो र त्यस्ता व्यक्तित्वलाई रास्वपाको मात्र उम्मेदवार बनाएर उहाँहरूको गैरदलिय छविलाई पनि असर गर्छ कि भनेर हामी यसपटक एक स्टेप ब्याक हुन बाध्य भयौँ। 

२‍. हाम्रो वाचापत्र अनुरूप उम्मेदवार नभएपछी हामीसँग दुई उम्मेदवार विकल्पका रुपमा थिए। यससन्दर्भमा गणतन्त्रको सिद्दान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिस्कार गर्नु उपयुक्त थिएन। स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरु बिच भएको छलफल पछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको विना कुनै दवाव नै मतदान गर्नु भएको हो। उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ। 

३. पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित थियो। भिन्दा भिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्थ्यो। रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागी रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो। पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन। बाँकी अवस्थामा मतभारका आधारमा जेजति गर्न हिँडेका छौँ, हौसला आवश्यक छ र तत् अनुसार नै मार्गदर्शन गरिरहनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।

राजनीति