रामसहायको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेको उजुरी

नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ।

राष्ट्रपतिमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै यादवविरुद्ध उजुरी दिइएको हो। यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको एमालेको जिकिर छ। 

एमालेका तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्ताैलाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिएका हुन्। 

चैत ३ गते मतदान हुने उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता सम्पन्न भएको छ। सत्ता साझेदार दलकै तर्फबाट तीन जना र एमालेका एक गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ। 

राजनीति