राष्ट्रपति पौडेलको कोठी फिर्ता

। चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको वेवसाइटमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर परिवर्तन गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि कार्यालयले पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको तस्वीर राखेको थियो ।

सोही विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राष्ट्रपति कार्यालयको आलोचना गरेपछि कार्यालयले बुधबार राष्ट्रपति पौडेलको कोठी भएको तस्वीर राखेको हो ।

राजनीति