गाउँपालिका अध्यक्ष स्याङ्तानबाट कागती खेतीको अवलोकन

१० चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले वडा न.२ मापुङखोलामा लगाईएको कागती खेतीको अवलोकन गर्नुभएको छ । त्यहाँका कृषक बीर बहादुर स्याङ्तानले लगाउनुभएको व्यवसायिक कागती खेतीको अध्यक्ष स्याङ्तानले स्थलगत अवलोकन र कागती खेतीको वारेमा जानकारी लिनुभएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो ।

बिगत १० वर्ष देखि कागती खेतीमा लाग्नुभएका कृषक बीर बहादुर स्याङ्तानको बारीमा अहिले करिब ८०० विरुवा रहेको छ । जसमध्ये ५०० विरुवाले उत्पादन दिईरहेको कृषक स्याङ्तानले जानकारी दिनुभएको छ । अगामी दिनहरुमा थप क्षेत्रफल विस्तार गर्ने लक्ष्य रहेको छ । कागतीको मुख्य बजार हेटौडा रहेको र बजार मूल्य पनि राम्रै रहेकोले आम्दानी ठिकै रहेको समेत उहाँले बताउनुभयो ।

समाचार स्थानीय