हेटौंडाका सहकारीका ब्यवस्थापक र लेखापाल कर्मचारीलाई कोपोमिस तालिम

१० चैत्र,हेटौंडा- हेटौडा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपलिकामा रहेका सहकारीका ब्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम शुरु भएको छ ।

वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ । सोही अवसरमा उहाँले सहकारी संस्थाको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने बताउनुभयो । प्रमुख अतिथि देबकोटाले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न सहभागीहरुलाई अनुरोध गर्नुभएको छ ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, प्रशिक्षक किरण पौडेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलको आतिथ्यता रहेको थियो ।

तालिममा हेटौडा उपमहानगरपालिकामा रहेका बिभिन्न सहकारी संस्थाका ब्यवस्थापक तथा लेखापालहरुको सहभागिता रहेकोछ ।

हेटौंडा उपमहानगरपालिकामा २ सय २५ वटा सहकारी संस्थाहरु रहको हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख पौडेलले बताउनुभयो । हालसम्म ३ चरणमा कोपोमिस तालिम सञ्चालन गरिएको र सबै सहकारीका कर्मचारीहरुलाई कोपोमिस तालिम दिने लक्ष्य रहेको समेत पौडेलले बताउनुभयो ।

समाचार समाज सहकारी