हेटौंडामा संचालित सहकारी कोपोमिस तालिमको समापन


राज कुमार के.सी.
हेटौंडा, १२ चैत्र/ हेटौडा उपमहानगरपालिकाको आयोजनामा सहकारीका ब्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम आईतबार सम्पन्न भएको छ ।

तालिम समापनका क्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारी संस्थाहरु समुदायमा आधारित भएर सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवश २०७९ लाई भब्यताका साथ सफल पार्न बिभिन्न गतिबिधि सञ्चालन गर्दै चैत्र २० गते होटौडामा हुने बागमती प्रदेश स्तरीय कार्यक्रममा सबै सहकारीहरुलाई सहभागिताको लागि अनुरोध समेत गर्नुभयो ।

समापन कार्यक्रममा बिशिष्ठ अतिथि मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालले सहकारी संस्थाहरु नीति, बिधि र प्रबिधिमा आधारित भई सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख गंगाधर रिमालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेल, साना तथा घरेलु उद्योग महासंघ बागमती प्रदेश महासचिव गीता मैनाली, प्रशिक्षक किरण पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।

तालिममा हेटौडा उपमहानगरपालिकामा रहेका बिभिन्न सहकारी संस्थाका ३२ जना ब्यवस्थापक तथा लेखापालहरुको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकामा २ सय २५ वटा सहकारी संस्थाहरुका कर्मचारीहरुलाई बिभिन्न चरणमा कोपोमिस तालिम दिने लक्ष्य रहेको सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलले बताउनुभएको छ ।

समाचार समाज सहकारी