बालुवाटारमा गठबन्धनको बैठक सुरू

मन्त्रालय भागबन्डामा सहमति जुटाउन सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक सुरु भएको छ। 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आजका लागि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो।

सोही बमोजिम कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूलाई बैठकमा सहभागी छन्।

बैठकमा सरकारमा सहभागी हुने दलहरूबीच मन्त्रालय भगबन्डाको सहमति गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

गठबन्धनका दलले सकेसम्म धेरै मन्त्रालय माग गर्दा मन्त्रिपरिषद विस्तारमा सकस भइरहेको छ। 

राजनीति