राष्ट्रपतिद्वारा नेपाल, थापा र कुँवरलाई सल्लाहकार नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । 

राष्ट्रपति पौडेलले पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा र संवैधानिक विज्ञ सल्लाहकारमा बाबुराम कुँवर नियुक्त भएका छन् ।

यसअघि विदेश सल्लाहकारमा सुरेश चालिसे नियुक्त भएका थिए ।

राजनीति