आजकाे माैसम– पहाडमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् । 

आज राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

समाज