प्रहरी भेनले ठक्कर दिदाँ मकवापनुरका दुइ वटा दुर्घटनामा ७ जना घाइते, हेटौंडा बजारमा नाराबाजी

हेटौंडा । मकवापनुरका दुइ वटा दुर्घटनामा ७ जना घाइते भएका छन् । प्रहरी भेनले दुइ वटा मोटरसाइकललाई ठक्कर दिदा प्रहरी माथी स्थानीय प्रतक्षदर्शीले आक्रमण समेत गरेका छन् । गएराती ११ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ हातिसुडे बजार स्थित धरान चतरा सडक खण्डमा दुइ वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा ५ जना घाइते भएका छन् ।

फापरबारी तर्फ बाट हातिसुडे तर्फ आउदै गरेको प्रदेश ३–०२–०१० प ८८६१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउदै गरेको ग १४ प ३८७५ नम्बरको मोटरसाइकलले पछाडी बाट ठक्कर दिई दुर्घटना हुँदा दुबै मोटरसाइकलमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले वताउनुभयो ।

दुर्घटनामा बकैया ३ हातिसुडे बस्ने २७ वर्षिय कृष्ण कार्की, हेटौडा उपमहानगरपालिका वडा नम्बर–२ सामरी बस्ने २१ वर्षिय मुनिला वाईवा, चितवन भरतपुर महानगरपालिका –१९ बस्ने २१ वर्षिय प्रशान्त तामाङ, बकैया गाउँपालिका वडा नम्बर–२ धियाल बस्ने १८ वर्षिय प्रमिला भोलन र सोही ठाउँकी १७ वर्षिय स्मृति स्याङतान घाइते भएका हुन् । केहीको स्थानीय स्वास्थ्यचौकी र केहीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बुधबार साँझ हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । हेटौंडा–१० बुद्ध चोकमा जिल्ला प्रहरी कार्यलय मकवानपुरको भ्यानले पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।

घाइते दुबै जनाको हेटौंडा १ मा रहेको अर्थोपेडिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

बागमती प्रदेश ०३–००५ प ३०७६ को मोटरसाइक चालक जिल्ला हेटौंडा–५ पिप्ले बस्ने ४१ वर्षिय मधु अर्याल र ना ४९ प ११९ नम्बरको मोटरसाइकल चालक हेटौडा ४ गर्देहि बस्ने ४० वर्षिय सुरेसराज बर्ज्रचार्या घाइते भएका हुन् । प्रहरीको भ्यानले ठक्कर दिएपछी स्थानीय वासीन्दाहरुले हेटौंडाको बुद्धचोकमा नारावाजी समेत गरेका थिए । प्रहरी माथी आक्रमण समेत हुँदा दुइ जना प्रहरी सामान्य घाइते भएका छन् ।

प्रहरी भ्यान प्रहरी कार्यालयभित्रै रहेको बुझिएको छ । सयौंको संख्यामा रहेका आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । हेटौँडास्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ । प्रहरी भ्यान प्रहरी कार्यालयभित्रै रहेको बुझिएको छ । सयौंको संख्यामा रहेका आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । हेटौँडास्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ ।

समाचार