करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा बिहीबार करेन्ट लागेर एक जना बालको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १२ वर्षीय बालक दिपेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, करेन्ट लागेर उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । फत्तबहादुर र दिपेश खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको ११ हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका फत्तबहादुरलाई उपचारको लागि काठमाडौं पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज