राक्सिराङमा बोलेरो जीप दुर्घटना, ६ जना घाइते

 हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 
घाइते हुनेमा राक्सिराङ-४ का ४० बर्षीय सन्चलाल घलान, १२ वर्षीय बिक्रम घलान, २१ बर्षीया सानुमाया घलान, १६ वर्षीया सुनिता घलान, स्थानीय संगिता थिङको ३ महिनाको नाबालक  र २४ वर्षीय सुकलाल गोम्बा रहेका छन् । उनीहरूलाई मनहरीमा प्राथमिक उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको छ ।
बोलेरोमा ८ जना सवार मध्ये ६ जना घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।मकवानपुर राक्सिराङ-५ चौतारामा चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जादै गरेको ना ४ च ४२७३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

समाज