सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी

 सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी छ। 

गृह मन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीचको वार्ता जारी छ।  वार्ता केहीबेर अघि गृहमन्त्रलायमा सुरु भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव रुद्रादेवि शर्माले जानकारी दिइन।  सरकारले ४ सदस्यीय वार्ता टोली बनाएपछि आन्दोलनरत पक्षले पनि हिजो ५ सदस्यीय वार्ता टोली बनाएका छन्। जसमा संयोजक मनोज पासवानसहित सघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदीलाल पासवान छन्।

उनीहरुले आफ्ना १० बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएका छन्।  ​पीडितहरुले साहु, महाजनले कब्जा गरेको सम्पत्ति जसको नामबाट आएको हो, उसैलाई फिर्ता गर्ने गरी कानुन बनाउन माग गरेका छन्। ​ उनीहरुले उच्चस्तरीय आयोग गठन गर्न, तमसुक व्यवस्था खारेज गर्न, पीडितको पक्षमा कानुन बनाउन माग गरेका छन्। 

पहिलो चरणको वार्तामा पीडितका तर्फबाट माग पेस गरिएको छ भने सरकारी वार्ता टोलीले मिटरब्याज अपराध नियन्त्रणका लागि हालसम्म गरेका कामहरुबारे जानकारी दिएको छ।

आफ्ना समस्या समाधानका लागि सरकार खोज्दै महोत्तरीको बर्दिबासबाट ११ दिनको पैदल हिँडेर आएका आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन्।

समाचार