सांसद डाँगीले मागिन स्वकीय सचिव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले स्वकीय सचिव पदका लागि आवेदन खुला गरेकी छिन्। रास्वपाबाट समानुपातिक सांसद बनेकी डाँगीले योग्यता पुगेका, कर्मशील तथा इच्छुक नेपाली युवाहरूले ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामार्फत जानकारी गराएकी छिन्।  ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ। जसका लागि शैक्षिक र अन्य योग्यता पनि आवश्यक रहेको जनाइएको छ कानुन वा राजनीतिशास्त विषयमा स्नातक गरेको हुनुपर्ने डाँगीले जारी गरेको सूचनामा उल्लेख छ। 

राजनीति