उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवारको टुंगो लगाउने

 नेकपा एमालेले बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो ।
शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएकाले आज बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको छ । बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका राखेको छ ।

राजनीति