उपनिर्वाचनका लागि रास्वपाले तीन उम्मेदवारलाई दियो टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटा क्षेत्रका उम्मेदवारलाई टिकट दिएको छ। 

शनिबार रास्वपाले पत्रकार सम्मेलन गरेर तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, चितवन–२मा रवि लामिछाने र बारा २ मा रमेश खरेललाई रास्वपाले टिकट दिएको हो। 

वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। 

पत्रकार सम्मेलनमै तीन उम्मेदवारलाई टिकट हस्तान्तरण गरिएको थियो।

राजनीति