भारतबाट फेरी घटेर आयो इन्धनको मूल्य

वीरगञ्ज । ईन्डियन आयल कर्पोरेसन(आइएलओ)ले नेपालमा पठाएको इन्धनको मूल्य घटेको सुची पठाएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसंगै ईन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

ईन्डियन आयल कर्पोरेशनले यहीँ अप्रिल १ तारिखबाट लागू हुने गरि नेपाललाई दिने पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।नेपालका लागि २०२३ अप्रिल १ तारिखबाट लागु गरेको नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १६ तारिखको मूल्य भन्दा पेट्रोल प्रति लिटर १ रुपैयाँ ७४ पैसा‌ र डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँ ८२ पैसाले घटेर आएको छ । यस अघि पनि इन्धनको मूल्य घटाएको सुची पठाएपनि नेपाल आयल निगमले भने इन्धनको भाउ घटाएको थिएन्।

समाज