जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

रामेछाप : रामेछापको खाँडादेवी गाउँ पालिका वडा नं १ राकाथुममा भएको बलेरो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बलेरो चालक खाँडादेवी गाउँपालिका–७ का कालुमान तामाङ्ग रहेका छन्। राकाथुमको तालदुमबाट काठमाडौतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको बलेरोमा सवार अन्य सात जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घाइते हुनेमा एकजना जापानिज नागरिक भएको प्रहरीले जनाएको छ।

घाइतेहरु सबैको दुर्घटनास्थलबाट उद्धार गरेर थप उपचारका लागि धुलिखेल अस्पताल पठाएइको छ। दुर्घटनामा घाइते भएका जापानी नागरीक सातो काभुजी सहित अन्य छ जना नेपालीहरुको अबस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। बलेरो सडकबाट तल खसेको छ।

समाज