प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले लिड्सलाई हरायो, चेल्सी एस्टनभिल्लासँग पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलका फरवार्ड गाब्रिएल जेससले दुई तथा बेन ह्वाइट र ग्रानिट झाँकाले एक/एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल फर्काए । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अङ्कको अग्रता लिएको छ ।

आर्सनलको २९ खेलमा ७२ अङ्क भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६४ अङ्क छ ।

हिजो भएको पहिलो खेलमा सिटीले लिभरपुललाई ४–१ गोलले हराएको थियो ।

त्यस्तै, गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सीलाई एस्टनभिल्लाले २–० गोलले हरायो ।

बर्नमाउथले फुलह्यामलाई तथा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २–१ गोलले हराएको छ । ब्राइटन र ब्रेन्टफोर्डले ३–३ तथा नटिङ्घम फरेस्ट र उल्भ्सले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलकुद