प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश हुने

 संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
दफावार छलफल पछि प्रतिवेदन पारितका लागि पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

राजनीति