मनहरीमा दुर्गा प्रसाईको अभियानद्वारा वडा संघर्ष समिति गठन

हेटौँडा । दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म सस्कृति बचाउँ महाअभियानले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा बैंक, लघुवित्त तथा सहकारी पीडितहरुको संघर्ष समिति निर्माण गरेको छ ।



आज मनहरी बजार क्षेत्रमा भएको कार्यक्रमबिच वडा संघर्ष समिति निर्माण भएको हो । अभियानका केन्द्रीय सदस्य निरध्वज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले मनहरी वडा नंबर ७ मा बैंक, लघुवित्त तथा सहकारी पीडित संघर्ष समिति निर्माण गरेको हो । समितिको अध्यक्षमा श्रीकृष्ण उप्रेती रहेका छन् । समितिमा १६ जना सदस्य रहेको खड्काले बताए ।

कार्यक्रममा बोल्दै खड्काले नेपालका बैंक तथा वित्तिय संस्थाहरुले जनतालाई ऋण दिएर उनिहरुलाई थाहै नदिई ब्याजदर बढाउने काम गर्ने गरेको, समय भन्दा केहि ढिला हुँदा मानसिक तनाब दिने गरेको कारण आफुहरु आन्दोलित हुन परेको बताए । आफुहरुले ऋण नतिर्ने नभनेको भन्दै उनले आफुहरु ६ प्रतिशत ब्याजदरमा ऋण तिर्न तयार रहेको बताए । आफुहरुलाई समय दिए ऋण तिर्ने भन्दै उनले बैंक घरमा चिठ्ठी लिएर आएमा चिठ्ठी नबुझन पीडितलाई अनुरोध गरे ।
अभियानले बैंक तथा वित्तिय सस्थाले तनाव दिने काम नरोके चरणवद्ध आन्दोलनको कार्यक्रम गरेको जनाएको छ । कार्यक्रममा चन्द्रबहादुर अधिकारी, चन्द्रकुमार अर्यालले पनि मन्तब्य ब्यक्त गरेका थिए । अभियानले मकवानपुरको सबै स्थानीय तहको वडाहरुमा कमिटि निर्माण गर्ने जनाएको छ ।

समाचार