मनहरीमा भालुको आक्रमणबाट एकजना घाईते

हेटौँडा । जंगली जनावर भालुको आक्रमणबाट मकवानपुरको मनहरीमा एकजना घाईते भएका छन् । मनहरी गाउँपालिका वडा नंबर ६ प्रतापुरको बफरजोन क्षेत्रमा भालुको आक्रमणबाट स्थानीय ४३ वर्षका बलबहादुर राई घाईते भएका हुन् । जंगलमा चराउन लगेको भैसी नआएपछि खोज्न गएका राईलाई भालुले आक्रमण गरि घाईते बनाएको हो । भैसी खोज्द गएका बलबहादुर र जय राई मध्य बलबहादुरलाई भालुले आक्रमण गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईते राईको टाउको र हातमा टोकी घाउ बनाएको र उपचारको लागि चितवन लगिएको प्रहरीको भनाई छ ।

समाज