क्रसर उद्योगको लापरबाहीले बाटो खाल्डाखुल्डी भएको भन्दै स्थानीय द्वारा सिमलटारमा बाटो बन्द

२२ चैत,मकवानपुरगढी- मकवानपुरगढीको आमभन्ज्याङमा रहेका क्रसर उद्योगहरुले लापरबाही गरेको भन्दै वडा नं ५ सिमलटारमा स्थानीयहरुले बाटो बन्द गरेका छन् ।

वडा नं ५ र ६ मा रहेका विभिन्न क्रसर उद्योगहरुले बाटोमा ठुला ठुला खाल्डाखुल्डी हुँदा पनि वास्ता नगरेकोले दुर्घटना हुन सक्ने भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

अहिले बासुदेव मार्ग सडक खण्ड अवरुद्ध छ , यसमा स्थायी समाधानको प्रयास नभए सम्म बाटो खुल्ला नगरिने आमभन्ज्याङ युवा क्लबका अध्यक्ष राजेश अधिकारीले बताउनुभयो ।

क्रसर उद्योगहरुले डम्पिङ , उत्खनन लगायत्मा पनि लापरबाही गरेको स्थानीयको आरोप छ । अहिले बाटो पुर्ण रुपमा बन्द छ ।

मुख्य समाचार समाचार स्थानीय