ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको शव भेटियो

हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ मार्खुमा रहेको ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको शव भेटिएको हो ।
हिजो नेपाल प्रहरीको टोलीले खोजेपनि नभेटेपछि आज सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजि गरेको थियो । सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको शव तालमा भेटेको छ । शव गाडिएको अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि काठमाडौं पठाउन लागेको घटनास्थलमा रहेका प्रष्टखबरकर्मी सुनिल शिवाकोटीले बताए ।
मंगलबार दिउँसो काठमाडौं छैमलेका ३३ बर्षीय राजकुमार सुवेदी तालमा वेपत्ता भएका थिए ।  सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छोडि तालमा हाम फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज