सन्दीपविरूद्धको मुद्दाको आजको सुनुवाइ पनि स्थगित

 क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको आजको सुनुवाइ पनि स्थगित भएको छ ।



सन्दीपविरुद्धको मुद्धाको पेसी काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो । छैटौं नम्बर रहेको पेसी समय अभावले स्थगित भएको अदालतले जनाएको छ ।

‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो । सन्दीपविरुद्धको यो मुद्धा अन्तिम सुनुवाइको प्रक्रियामा रहेको छ ।

खेलकुद