नेप्से ८.३९ अंकले बढ्याे

आज बुधबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८.३९ अंकले बढेको छ । आज नेप्से ८.३९ अंकले घटेर १८७५.०७ को विन्दुमा कायम हुन पुगेको हो। हिजो मंगलबार (नेप्से) ५.२० अंकले घटेको थियो । आज नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६.६८ को विन्दुमा कायम हुन पुगेको थियो।


आज नेप्सेमा ८१ कारेड ६० लाख ४६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से बढेसँगै आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।


सेयर बजारमा हरियाली छाएसँगै कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, सानिमा ग्रोथ, समता घरेलु लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ । सेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । आज जम्मा ८१ करोड ४ लाख रुपैयाँमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


त्यस्तै, नबिल बैंकको २ करोड ३२ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड १७ लाख, एनआइसी एशिया बैंकको १ करोड ८५ लाख र हिमालयन डिष्टिलरीको १ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


सेयर बजारमा हरियाली छाएपनि सिटिजन्स म्युचुअल फण्ड १ को सेयर मूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, आज न्यादी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २, श्वेतगँगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

अर्थ