उपचुनाव प्रचार प्रसारको समय १५ दिन, पर्सिदेखि आचारसंहिता

निर्वाचन आयोगले चितवन तनहुँ र बारमा १० वैशाखमा हुने उपनिर्वाचनको प्रचार प्रसारका लागि १५ दिनको समय दिने भएको छ ।

आन्तिम नामवली आज सार्वजनिक भएपछि दल र उम्मेदवारका लागि १५ दिनको समय दिने आयोगले जनाएको छ । आयोगले चुनावको आचारसंहिता पर्सि लागू गर्ने भएको छ ।

आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार भोलि आचारसंहिता कार्यान्वयन गर्ने निकायसँग छलफल गरेर पर्सिदेखि आचारसंहिता लागू गर्ने तयारी छ । 
 

राजनीति