स्ववियुद्वारा सेनिटरी प्याड उपलब्ध गराउन अनुरोध

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सेनिटरी प्याड भेन्डिङ मेसिन राखेर छात्राहरुका लागि सहजै सेनिटरी प्याड उपलब्ध गराउन क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ ।

मंगलबार मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई स्ववियु अध्यक्ष छोइसाङ लामाले अनुरोधपत्र बुझाएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा छ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।

समाचार