सांसदहरूलाई मर्यादित भाषा प्रयोग गर्न सभामुखको रुलिङ

 प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न  रुलिङ गरेका छन् । 
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धीबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
यसपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताउँदै आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गरेका थिए ।

राजनीति