चुरियामाई मन्दिरमा पुरुषको शव फेला

हेटौंडा । मकवानपुर र बाराको सिमाना रहेको हेटौंडा-१५ चुरीमाई मन्दिर नजिक शव फेला परेको छ। मृतको साथमा रहेको आधारमा भारतको उत्तराखण्ड  हरिद्वार घर भएका अन्दाजी ५०/५५ बर्षीय मनोज हेमराज गिरी रहेको जनाइएको छ। मृतक केही बर्ष देखी  मन्दिरको छेउमा पाल टांगेर बस्दै आएकोमा बुझिएको छ। मृतक शव मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ।

समाज