कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य

विराटनगर  । कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको छ।
कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले प्रथम अधिवेशन अधिवेशन अन्त्य गरेका हुन् ।
पुस १७ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा १३ वटा बैठक बसेको थियो । अधिवेशनमा प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेशले कानुनी रूप पाएको थियो । 
यही अधिवेशनमा सरकारले फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेको छ ।

प्रदेश - १ प्रदेश समाचार