बंगुरको मासु घाँटीमा अड्किएर मृत्यु

मोरङ । मोरङमा मासु खाने क्रममा शुक्रबार एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका-९ का ४८ वर्षीय बेथुलाल माझी रहेका छन् । 
नयाँ वर्ष मनाउने क्रममा खाएको बंगुरको मासु घाँटीमा अड्किएपछि उपचारका लागि उर्लाबारी नगरपालिकास्थित अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

समाज