एमाले महासचिव पोखरेल हेटौँडा आउँदै

हेटौँडा । नेकपा एमालेका महासचिव शंकर पोखरेल आज हेटौँडा आउने भएका छन् । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत हेटौँडा उपमहानगरपालिकाले आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्द महासचिव पोखरेल हेटौँडा आउन लागेका हुन् ।
आज हेटौँडामा हुने कार्यक्रममा हेटौँडा उपमहानगरपालिका भित्रका १९ वडाका करिब १ हजार कार्यकर्तालाई महासचिव पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटिका सचिव बोलबहादुर कार्कीले बताए । कार्यक्रम बिहान ११ बजेबाट रोयल पार्टी प्यालेसमा हुने जनाईएको छ ।

राजनीति